दशैँ तिहार महोत्सवमा हार्दिक निमन्त्रणा!

नमस्ते!
नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) ले बडा दशैँ र दीपावलीको सन्दर्भमा नोभेम्बर ५ आइतवार आयोजना गर्न लागेको दशैँ तथा तिहार महोत्सवमा सपरिवार उपस्थित हुनुहुन हार्दिक अनुरोध छ । 

हजुरहरूलाई थाहा छ होला, सो उत्सवमा निःशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।पर्वहरूलाई नेपाली परम्परा अनुसार मनाउन मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथै सेलरोटी, पुरी तरकारी सहित वेलुकाको खानाको समेत प्रबन्ध गरिएको सहर्ष जानकारी गराउछौँ । 

सोही कार्यक्रममा न्याकका सदस्य महानुभावहरुलाई मायाँको चिनो वितरण गरिने हुंदा सो चिनो ग्रहण गर्नको लागि आइदिनुहुन समेत अनुरोध गर्दछौँ । 

Venue: 6100 Antioch Road, Haymarket, VA 20169 
Date/Time: November 5, 2023 Sunday 1 PM -9 PM
 


भवदीय,
नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC)